चरेससहित एकजना महिला पक्राउ



सैघाली खबर
रोल्पा,२० चैत
आठ किलो चरेससहित एकजना महिला रोल्पामा पक्राउ परेकी छन्। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ ठूलोगाउँ निवासी ३८ वर्षीया रामप्यारी झाँक्रीलाई आठ किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिनुभयो ।

सोमबार बिहान साढे १० बजेतिर ना ३ ख ५६४४ नम्बरको बसमा यात्रारत झाँक्रीको झोला चेकजाँचका क्रममा उक्त परिमाणमा चरेस बरामद भएको प्रहरीले जानकारी दिनुभयो । झाँक्रीलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको थियो।

झाक्रीसहित उनी सवार बससमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको रोल्पाका प्रहरी प्रवक्ता सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्