माओवादी नेता ढुंगेलको रिहाईको माग गर्दै नेकपाले गर्यो काठमाण्डौमा प्रदर्शन



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी नेता बाकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।
नेता ढुंगेलको रहिाइको माग गर्दै सो पार्टीले आज काठमाण्डौ भएको विरोध कार्यक्रममा बोल्दै काठमाण्डौ जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्यायले सरकारले बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु गैरन्यायीक भएको भन्त्दै तत्काल रिहाइ गर्न माग गरिन ।

उनले जनयुद्धको सहयोद्धालाई प्रतिकृयावादीले जेल हाल्दा समेत कुनै प्रतिकृया नदिनु प्रचण्ड र बादलहरु कायर भएको ठोकुवा गरिन । उनले ढुंगेललाई रिहा नगरे आफहरुू हजारौं बालकृष्ण ढुंगेल बन्न तयार भएको उनको दावी गरिन।

कार्यक्रममा सो पार्टी निकट युवा संगठन योंग रेड फोर्सका अध्यक्ष विवश राईले जनताको आन्दोलन दमन गर्न सरकारले प्रहरी परिचालन गरेको भएपनि नेपालको प्रहरी संगठन ०७ सालको क्रान्तिबाट जन्मिएको भएकोले अबको क्रान्तिमापनि प्रहरीले सहयोग गर्नु पर्ने बताएका थिए । कार्यक्रममा केहीबेर प्रहरी सित धरपकड ुमेत भएको थियो ।
ढुंगेललाई जनयुद्धकालमा रामेछापका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लगाएर केही महिना अगाडी काठ्माण्डौबाट गिरफ्तागरि डिललीबजारस्थित केन्द्रिय कारागारमा थुनामा राखिएको छ ।
बालकृष्णको गिरफ्तारी गैरन्यायीक भएको भन्दै सो पार्टीले उनको रिहाइको माग गर्दै संघर्ष गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्