मह उत्पादनमा लगानी गर्न मेयर चौधरीको आग्रह



सैघाली खबर

दाङ २० चैत्र । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्विकेश्वरी माहुरीपालन सहकारी संस्था घोराही १५ ले आज माहुरी पालक किसानहरु सँग आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले महको स्रोतमा लगानी गर्न किसानहरुलाई आग्रह गर्नुभएको हो ।

माहुरी पालनका लागि घोराही उपमहानगरका विभिन्न बस्तीहरु हावापानीका कारणले उत्तम रहेपनि त्यसको स्रोतमा भने ध्यान नगएको बताउनुभयो । माहुरीले मह जुटाउनका लागि आबस्यक पर्ने बिभिन्न बनस्पतीका फूलहरुको स्रोत बढाउन तर्फ किसानहरुलाई नगर प्रमुख चौधरीले आग्रह गर्नुभएको हो ।

माहुरीका घारहरु मात्रै बृद्धी गरेर मह उत्पादन नहुने भन्दै उहाँले महको रस संकलन हुने बिरुवाहरुको रोपण र संरक्षणमा ध्यान दिन सुझाब दिनुभयो । दाङको महलाई विदेश सम्म पु¥याउने गरी गुणस्तरीय मह उत्पादन गर्दै स्रोतको पहिचानमा जुट्न उहाँको आग्रह छ । घोराही उपमहानगरपालिका क्षेत्रलाई माहुरीको हब बनाउन आबस्यक सहयोग उपमहानगरपालिकाले गर्ने भन्दै उहाँले गुणस्तरी मह उत्पादनमा बिषेश ध्यान दिनु सुझाब दिनुभयो ।

सहकारीका अध्यक्ष मिनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, माहुरीपालक महासंघका अध्यक्ष विष्णप्रसाद श्रेष्ठ लगाएकाले मह उत्पादनमा गुणस्तरीयता ल्याउदै हब बनाउने गरि अघि बढ्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्