काठमाडौं, असार ६–
आजभन्दा १४ वर्षअघि देखि वैदेशिक रोजगार क्षेत्रमा लागेका हुन्, तिलक लामा । उनले विद्यार्थी जीवनमा होटल म्यानेजमेन्ट पढ्ने योजना बनाए पनि सफल हुन भने सकेन ।
उदयपुर गाईघाटमा जन्मिएका लामाले गाउँकै माध्यामिक विद्यालयमा एसएलसी उत्तिर्ण गरेका हुन् । सामान्य घरपरिवारमा जन्मिएका लामाले एसलसीपछि भने काठमाडौंमा उनले उच्च शिक्षा हासिल गरे । काठमाडौं बसाईसँगै उनले अन्य क्षेत्रमा पनि काम गरे । तर, वैदेशिक रोजगारीको क्षेत्रमा भने स्काई ओभरसिजबाट सुरु गरेको बताउँछन् । उनले स्काईमा करिव चार वर्ष काम गरेपछि मात्रै यस क्षेत्रमा केही गर्ने योजना बनाएको सुनाउँछन्
।
‘चार वर्षमा क्लाइन्ड डिलको साथै वैदेशिक रोजगार व्यवसायलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सिक्ने अवसर मिल्यो । यही अनुभवका कारण नयाँ कम्पनी दर्ता गरेर संचालन गरेको ९ वर्ष भयो ।’ उनले भने‘ अहिले रेज रिक्युल्डमेन्ट सर्भिसेज प्रालिको सर्भिसेज डाइरेक्टर छु ।’
केही वर्र्ष अघिसम्म वैदेशिक रोजगारको चाम थियो । अहिले विस्तारै कम भएको उनको अनुभव छ । तथापी, यो व्यवसायले देशको अर्थतन्त्रलाई धानेको सत्य हो । यो विषयलाई सरकारले ख्याल ख्यालको विषय ठान्न नहुने उनको तर्क छ ।
वैदेशिक रोजगार व्यवसायीभित्र पनि केही कम्जोरी भएकाले सुधार गर्दै व्यवस्थित बनाउनु पर्ने लामा बताउँछन् । उनी अहिले वैदेशिक रोजगार व्यवसायी संघको असार ३० गते हुने निर्वाचनमा रोहन गुरुङको प्यानलबाट सदस्यमा उम्मेदवार हुन् । उनी आफूलाई युवा मात्रै नभएर दिर्घकालिन योजना सहित काम गर्न सक्ने विश्वास दिलाउन चाहान्छन, लामा । ‘यस क्षेत्रको कम्जोरी सच्याउँदै र व्यवसायिक हितका लागि काम गर्न प्रतिबद्ध छु, उनले भने ।
अहिले वैदेशिक रोजगार तामाङ समाजमा समेत रहेकाले समाजको एजेन्डा नै अफ्नो पनि एजेन्डा रहेको सुनाउँछन् । उनले विशेष गरी व्यवसायको हक हितका लागि कोष खडा गर्ने, कामदारको बीमाका लागि व्यवसायीकै कम्पनी संचालन गर्नु पर्ने र सरकारले तोकेको सेवा शुल्कमा थप गर्न सामूहिक पहल गर्ने बताउँछन् । यही पेशा व्यवसायलाई थप व्यवस्थित गर्दै युवा पुस्तालाई अझ नयाँ गन्तव्यमा पठाउन सामूहिक प्रयास गर्नु पर्छ, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।