संसद अधिबेशन अन्त्य



 

काठमाण्डौ २० चैत्र ।

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आजदेखि अन्त्य  भएको छ ।प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँनु भएको थियो ।यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो

 

अधिवेशन बाट तीन वटा अध्यादेश पारित भएका छन् । जस अन्तरगत पहिलो “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४”, “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४” र “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” बैठकबाट पारित भएको संसद सभामुख कृष्णबहादुर महराका प्रेसबिज्ञ डिल्ली मल्लले जानकारी दिनुभयो ।

 

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पास गरेको छ । तत्कालीन देउवा नेतृत्वको सरकारले पेश गरेको अध्यादेशलाई संसदले पारित गरेको हो ।शिक्षा, वन तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको यो अध्यादेशलाई बहुमतमार्फत पास गरिएको हो । यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एउटा जिल्लामा एकमात्र मेडिकल कलेज खोल्न दिने अध्यादेशको प्रावधानमाथि संशोधन प्रस्ताव हालेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्