एमाले र माओवादी केन्द्रबीच वैशाख ९ मा पार्टी एकता



 

काठमाण्डौ २० चैत्र ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी भएको छ ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीको बैठकमा वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी जुटेको हो ।यद्यपि चैत २२ गते ९बिहीवार० बस्ने अर्को बैठकले पार्टी एकता घोषणा गर्ने मितिबारे आधिकारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

मंगलवार अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले एमाले–माओवादी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा अप्रिल २२ तारिख अर्थात् वैशाख ९ गते पार्टी एकता घोषणा गर्न सुझाव दिइएको छ । नेता श्रष्ठका अनुसार वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने विषयमा सबै नेताले सकरात्मक प्रतिक्रिया दिएका छन् ।यसबारे निर्णय गर्न चैत २२ गते पार्टी एकता संयोजन बस्ने नेता श्रेष्ठले बताए । वैशाख ९ गते ९अप्रिल २२० लाई नेपालमा कम्युनिस्ट पार्टी गठन भएको दिन मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्