सडक निर्माणमा चरम लापरवाही
दाङ, २१ चैत्र । घोराहीमा निर्माणधीन सडकमा चरम लापरवाही देखिएको छ । घोराही स्थित ट्राफिक चोक देखि रतनपुर सम्म निर्माणधीन सडकमा चरम लापरवाही देखिएको सर्वसाधारणले वताएका छन् । विच सडकमा निर्माण हुन लागेको ग्रीन बेल्टको वाल निर्माण लापवाही भएकोे हो । ग्रीन बेल्ट निर्माण गर्दा सबै भन्दा पहिले गिट्टी, डुङगाको बालुवाको सोलिङ, दोश्रो चरणमा पिपिसी र तेश्रो चरणमा वाल निर्माण गर्ने सडक कार्यालय संग सम्झौता निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद«ीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले सम्झौतालाई बेवास्था गर्दै धुलोमै पिपिसी गरी वाल निर्माण गरेको छ । जसका कारण सडक नै कमजोर हुने पौड्याले वताउँनुभयो । आफुलाई यसबारेमा कुनै जानकारी नभएको वताउँदै कम्पनीलाई सम्झौता अनुसार काम आग्रह गछौ पौड्लले भन्नुभयो । घोराही स्थित सिटी प्लाजा होटेल देखि तुलसीपुर चोक सम्मको ग्रीन बेल्ट निर्माण यस्तो लापरवाही भएको छ । वाल छोप्न निर्माण कम्पनीले ग्रीन बेल्टको दाँया बाँया गिट्टी बालुवा बिछ्र्याई सकेको छ । निर्माण कम्पनीले गलत काम गरेको पाएमा वाल भत्कार नयाँ वाल निर्माण गर्न निर्देशन दिने वताउँनुभयो ।
सडक निर्माण कमजोर हुदापनी कसैले ध्यान नदिएको घोराही मनप्रसाद थारुले वताउँनुभयो । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बिषयमा सडक डिभिजन कार्यालय संग छलफल गर्ने वताउँनुभयो । कुन कुन ठाउँमा समस्या छ म तत्काल कुरा गरेर समस्या हल गर्न लगाउँछु चौधरीले भन्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।