युट्युब मुख्यालयमा गोली चल्यो, आक्रमणकारी महिलाद्धारा आत्महत्या



चैत २१, काठमाडौं

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएकी छिन् । बन्दुकधारी महिलाले तीन जनालाई घाइते बनाएकी छन् भन् आफूलेपनि आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ ।

सीबीसीएस न्यूजका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।

आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन्, ‘हामी एक मिटिङमा थियौं । हामीले मानिसहरु भागिरहेको देख्यौं । हामीले सोच्यौं कि भूकम्प आयो होला । कोठाहरु खालि भइसकेपछि पनि हामीलाई थाहा थिएन कि के भइराखेको छ । मानिसहरु भागिरहेका थिए र मामला गम्भीर जस्तो लाग्यो ।’

उनी अघि लेख्छन्, ‘हामी एग्जिटतर्फ भाग्यौं । त्यहिबेला कसैले भन्यो यहाँ एक व्यक्ति बन्दुक लिएर घुसेको छ । मैले र्फस र सिँढीहरुमा रगतको थोपा देखें । यहाँ प्रहरी राइफल लिएर आइसकेका थिए ।’

यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्