‘ कर्जा असुली वढाउदै कृर्षि विकास वैकं ’



गिरिराज नेपाली

जेष्ठ ७ दाङ । राप्तीका ५ जिल्लामा कृर्षि तथा पशुपालन क्षेत्रमा कृर्षि विकास वैकंले प्रत्येक वर्ष गरेको लगानी मध्ये भाँका नाँघेका ‘वक्यौता’ रकम उठ्ने क्रम वढ्दै गएको छ । कृर्षि विकास वैकं क्षेत्रिय कार्यालय दाङका अनुसार वैकले गरेको लगानी मध्ये म्याद नाँघेको रकम उठ्ने दर वृद्धि हुदै गईरहेको क्षेत्रिय निर्देशक दीर्घ वहादुर अर्यालले जानकारी दिए ।bank 1

वैकले राप्तीका ५ जिल्लाहरु दाङ , सल्यान , रोल्पा , प्युठान र रुकुममा हाल सम्म कुल कर्जा लगानी ४ अर्व ६० करोड ४५ लाख पुगेको छ । भने जसमध्ये १ करोड रुपैया मात्रै वक्यौता वाँकी रहेको जनाएको छ । वैकिङ निति नियमहरु त्रमिक वलियो वन्दै गएपछि वैकले वक्यौता असुलीको झझन्ट वाट मुक्त पाउदै गईरहेको वताए । अर्यालका अनुसार आर्थिक वर्ष २०७१÷७२ राप्तीका ५ जिल्लामा वैकले ३ अर्व ६ करोड ४४ लाख कर्जा वितरण गरेको थियो । जस मध्ये ३ करोड ८६ लाख रकम वक्यौता रहेको जनाएका थियो । जसमा रुकुममा २ करोड ६५ लाख , सल्लानमा ७९ लाख र दाङमा ४२ लाख वक्यौता वाँकी रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ३ अर्व ६७ करोड ४२ लाख लगानी राप्तीका ५ जिल्लामा वैकले गरेको थियो । जस मध्ये ५ करोड २ लाख रुपैया वक्यौता वाँकी रहेको थियो । रुकुममा १ करोड ६१ लाख , सल्यानमा ३ करोड ७ लाख , दाङमा २२ लाख र प्युठानमा १० लाख रुपैया वक्यौता वाँकी पुगेको थियो । भने वैकले चालु आर्थिक वर्ष २०७३÷७४ वैशाख सम्ममा राप्तीका ५ जिल्लामा ४ अरव २१ करोड रुपैया लगानी गरेको छ । जसमा वक्यौता रहेको ३ करोड ८७ लाख रुपैया वक्यौता पुगेको जनाएको छ । जस मध्ये रुकुममा २६ करोड , रोल्पामा ३२करोड , प्युठानमा ३० करोड , सल्यानमा ३० र दाङमा ३ अर्व ५ करोड रुपैया लगानी गरेको छ । जस मध्ये रुकुममा १ करोड र दाङ र प्युठानमा १०÷१० लाख रुपैया वक्यौता वाँकी रहेको जनाएको छ । भने सल्यान वाट २ करोड ६७ लाख रुपैया वक्यौता रकम उठ्ने प्रत्रियामा रहेको क्षेत्रिय प्रमुख अर्यालले वताए । यसरी वर्षेनी वक्यौता रकम उठ्नेदर क्रमिक रुपमा घट्दै जानथाले पछि वैकको लगानी पनि संरक्षित वन्दै आईरहेको अर्यालले वताए । उनले भने ‘ वर्षेनी वक्यौता रकम ४ , ३ , २ हुदै १ करोड रुपैयामा झरेको छ ।’ जसका कारण लगानी सुरक्षित जोखिम रहित वन्दै गएको उनले वताए ।
कृर्षि तथा पशुपालन लगाएत अन्य कृर्षि जन्य क्षेत्रको विकास र आर्यआर्जन सुधारका लागि लगेको कर्जा वैदेशिक रोजगार ,अध्ययन अन्य क्षेत्रमा खर्च गर्न सक्दा म्याद भित्रै लगानी असुली गर्न नसकीएको उनले वताए । तर पछिल्लो समय सम्वन्धीत जिल्लाका वैशाखाहरुले सम्वन्धीत ऋणीहरुको धितो लिलाम प्रक्रिया सुरु गरी वक्यौता रकम असुली गर्ने प्रक्रिया सुरु गर्न थाले पछि वक्यौता रकम उठ्नेदर ह्वात्तै वढ्दै गएको उनले वताए । राप्तीका ५ जिल्लामा वैकले ७ हजार ७ सय ९० जना लाई कर्जा प्रवाह गरेको अर्यालले वताए । जसमा ७ हजार २ सय ४७ जनाले नियमित व्याज वुझाँउदै आएका छन । भने वाँकी ५ सय ४३ जनाले नियमित व्याँज नवुझाउने गरेको जानकारी दिदै भने ‘उक्त ५ सय ४३ जना लाई वैकले व्याज र कर्जा असुलीका लागि ताकेता गरिरहेको वताए । यसैविच कृर्षि विकास वैकले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी चालु आर्थिक वर्षको वैशाख सम्मको प्रगति सार्वजानिक गरेको छ । वैकले वैशाख सम्ममा ४ अर्व ३० रुपैया लगानी गरेको जानकारी दिएको छ । जसमध्ये ३ अर्व ७६ करोड ६९ लाख कर्जा असुली गरेको जनाएको छ । २ करोड ५ लाख रुपैया व्याज असुली गर्न वाँकी रहेको जनाएको छ । भने ३० करोड ६ लाख रुपैया नाफा रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्