पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण



सैघाली खबर।
दाङ, २१ चैत्र । बंगलाचुली गाउँपालिका का जनप्रतिनिधिहरुले गाउँपालिका को भौतिक विकासका लागि विभिन्न मन्त्रालयको ध्यानआकर्षण गराएका छन् । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको नेतृत्वमा काठमाडौं आएको जनप्रतिनिधिहरुको टोलीले खानेपानी मन्त्रालय,भौतिक पूर्वाधार एवं यातायात मन्त्रालयको ध्यानाआकर्षण गराएको छ ।

जनप्रतिनिधिहरुको टोलीले आज शिक्षा ,स्वाथ्य ,पर्यटन सिचाई लगाएतका मन्त्रालयमा पुगेर ध्यानआकर्षण गराउने गाउँपालीका अध्यक्ष भक्त बहादुर वलीले जानकरी दिनुभयो । जनप्रतिनिधिहरुको टोलीले यातायात मन्त्रालयमा पुगेर घोराही मुर्कुटि तापा सडक खण्ड कालोपत्रेका लागि अर्थमन्त्रालयबाट योजना पास भएपनि विचैमा योजना रोकीएकाले सो योजनालाई पूर्णता दिई सडक खण्डलाई कालोपत्रे गर्नका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न मन्त्रालयको ध्यानआकर्षण गराएको छ ।

त्यसैगरी निर्माणधिन अवस्थामा रहेको बंगलाचुली खानेपानी अयोजना र कमिरेचौर दाङवाङ लिफ्ट खानेपानी आयोजनामा बजेट अभावका कारण अयोजना सम्पन्न हुन ढिलाई भएको भन्दै सो योजना सम्पन्न गर्न आवश्यक वजेटको व्यवस्था गर्न खानेपानी मन्त्रालयलाई अनुरोध गरीएको छ ।

सो अवसरमा प्रदेश नम्वर ५ का सभासद् ईन्द्रजीत थारु,माओवादी केन्द्रका दाङ जिल्ला संयोजक शुवास पुन, बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली, उपाध्यक्ष यमुना थापा, वडा जम्वर २ का अध्यक्ष मेघराज रानामगर, वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,वडा नम्वर ४ का अध्यक्ष नारायण डाँगी, वडा नम्वर ६ का अध्यक्ष वेदुलाल घर्ती क्षेत्री, र वडा नम्वर ८ का अध्यक्ष गिरराज बाँठामगर, समाजसेवी यम बहादुर घिमीरे, पत्रकार जीवन नेपाली लगाएतको सहभागीता रहेको थियो ।

टोलीले यस अघि संघिय संसदका सभामुख कृष्णबहादुर महरा,पूर्व गृहमन्त्री वमदव गौतम लाई भेटेर घोराही मुर्कुटी तपा सडक खण्डको काम तत्काल सुरुगर्न कालागि सम्बन्धीत निकायको ध्यान आर्कषण गराईदिन अनुरोध गरीसकेको छ ।

बंगलाचुली गाउँपालिका का जनप्रतिनिधिहरु गाउँपालिका को वीपी मार्गको स्थर उन्नती, घोराही,मुलावारी,हाँसीपुर विर्खेहुँदै गहनाखोला जोड्ने सडकको स्थर उन्नती,मुलावारी,घरीचौर,जस्पुुर हुँदै प्युठान जस्पुर जोड्ने थापा राना मार्गको स्थर उन्नती,घोराही मसिना खाडा हुँदै बोचपखरा अरङखोला जोड्ने सडकको स्थर उन्नती, अरङखोला बाह्रविषे,मसोरे खोला अमारे, अर्जुन खोला, मुलावारी, स्वामीघाटमा पक्की पुल निर्माणयको मुख्य माग राखेर काठमाडौं आएको गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिनुभयो ।

यसैगरी खानेपानी, शिक्षा, स्वाथ्य, विद्युत,यातायात,पर्यटन, लगाएतका समस्याको हल गर्नका लागि सम्वन्धीत मन्त्रालयलाई ध्यान आकर्षण गर्न काठमाडौं आएको अध्यक्ष ओलीले जानकारी दिनुभयो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्