सैघाली खबर,
रुकुम पश्चिम, २१चैत्र । बाँफिकोट गाउँपालिका–२ मा रुखबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
लामाचौर खोला नजिकै घाँस काट्ने क्रममा बुधबार विहान च्यूरीको रुखबाट खसेर स्थानीय २४ बर्षीया सिता बोहरा पौडेलको मृत्यु भएको हो ।
रुखबाट खसेर गम्भिर घाइते भएकी पौडेलको उपचारका लागि रुकुम९पूर्व०को सिस्ने गाउँपालिका–८, धपे लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।