एमाले उपनेतामा सुवास नेम्वाङ चयन



सैघाली खबर,

काठमाडौं । नेकपा एमाले स‌ंसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भएका छन् । एमालेका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरुको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले नेम्वाङलाई उपनेता बनाउने निर्णय गरेको हो ।

बैठकमा एमाले संसदीय दलका नेता केपी ओलीले नेम्वाङलाई दलको उपनेता बनाउने प्रस्ताव राखेका थिए।नेम्वाङ इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ विजयी सांसद् हुन् ।

एमाले नेता खगराज अधिकारी दलको प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतक बनाइएको छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफूले पर्सीदेखि गर्ने भारत भ्रमणबारे बैठकमा जानकारी गराए । उनले भ्रमण दुई देशबीचको पारस्परिक सम्बन्ध र आपसी हितमा केन्द्रित रहने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्