भारतभ्रमणबारे प्रधानमन्त्रीको राजनितिक परामर्स



सैघाली खबर
काठमाडौं,२१ चैत

आफ्नो भारत भ्रमणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज बिहान पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श तथा भारत भ्रमणमा राख्नुपर्ने एजेन्डा लगायतका विषयमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी हुनुभएको थियो । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु पनि सहभागी हुनुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओली चैत २३ देखि तीन दिने भारत भ्रमणमा नयाँदिल्ली जाँदै हुनुहुन्छ । भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संघीय संसदका दुवै सदनलाई हिजो नै जानकारी गराइसक्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्