सर्वाधिकार सम्पन्न स्थानीय सरकार



सैघाली खबर
दाङ , २१ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्थानीय तह संवैधिानीक अधिकारले सम्पन्न भएको बताउनु भएको छ । जसले आफ्नो विकास र नीतिको निकास आफै निकाल्न सक्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभा अधिवेशनलाई आज दाङको तुलसीपुरमा सम्बोधन गदै उहाँले जिल्ला स्तरका सबै प्रशासनिक र विकासे कार्यालयहरु चैत्रमासन्त देखि विगठन भई स्थानीय तहको मातहतमा आउने भएकाले पालिकाहरु संवैधानिक रुपमा अधिकारले सम्पन्न हुन बताउनुभयो ।

विगतमा जिल्लाबाट प्रवाह गर्दै आएका सेवाहरु एकै थलोबाट नागरिकलाई प्रदान गर्दा कठिन हुने भन्दै भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

‘विगतमा जिल्ला सदरमुकामले दिने सेवा अब नगरपालिका र गाउँपालिले दिने भएका छन् ,’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘ त्यो अनुसारका भौतिक संरचना नहुदा सेवा प्रभावहमा कठिनाई हुन सक्छ ।’ यसैविच उहाँले संविधानले दिएको अधिकार प्रयोग गरी कानुन बनाउन स्थानीय तहलाई आग्रह समेत गर्नुभयो । अधिवेशनको विषय प्रवेश नगर प्रमुख घनश्याम पाण्डेले गराउनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्