एमालेको सचेतकमा चौधरी



सैघाली खबर
दाङ , २१ चैत । एमाले संसदीय दलको सचेतकमा दाङका प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चयन भएकि छिन् ।

एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले चौधरीलाई सचेतकमा चयन गरेको राष्ट्रिय सभा सदस्य कोमल वलिले जानकारी दिनु भयो । एमाले संसदीय दलको सचेतक बनेकी शान्ता चौधरी एमाले केन्द्रीय सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा र व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सभापति भएकी थिइन् ।यसैगरी उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । लामोसमयदेखी कमलहरी बस्दै आएकि शान्ता कमलहरी मुक्त भएपछि एमालेले पहिलोपटक सांसद बनाएको थियो ।

पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङ यसअघि पनि एमाले संसदीय दलको उपनेता थिए । उनी एमाले स्थायी कमिटी सदस्य पनि हुन् ।

नेम्वाङलाई ओलीले दलको उपनेता प्रस्ताव गर्दै भने९हुन्न भन्ने आवाज आएन,त्यसैले सुवास नेम्वाङ संसदीय दलको उपनेतामा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गर्दछु । त्यसपछि सांसदहरुले ताली बजार समर्थन गरेका थिए ।

एमाले प्रमुख सचेतक नियुक्त भएका अधिकारी पूर्व स्वास्थ्यमन्त्री हुन् । उनी २०५१ सालमा एमाले संसदीय दलको सचेतक थिए । भानुभक्त ढकालले प्रमुख सचेतक बन्न अश्वीकार गरेपछि अधिकारीलाई दलका नेता ओलीले प्रस्ताव गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्