सैघाली खबर
दाङ, २१ चैत । जिल्ला शिक्षा कार्यालयमा लगाएको तालाबन्दी खोलिने भएको छ । शिक्षक दरबन्दी कार्यान्वयनको माग राखेर शिक्षा कार्यालयमा शिक्षकह?ले तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण दैनिक प्रशासनिक काम समेत प्रभावित भएको थियो ।
जिल्ला शिक्षा समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षतमा बुधवार बसेको बैकठमा दरबन्दी मिलान कार्यदलले तयार पारेको शिक्षक दरबन्दी मिलान कार्यान्वयनको लागि चैत मसान्तसम्म स्थानीयतहका प्रमुखसँग छलफल गरेर टुंग्याउने सहमति गरेपछि कार्यालयमा लागेको ताला खोल्ने सहमति भएको हो । केही दिन अघि दरबन्दी मिलान कार्यान्वयनको लागि दवाव दिन शिक्षक महासंघ दाङले शिक्षा कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो ।
यसैविच नेपाल शिक्षक महासंघ दाङले एक विज्ञप्ती जारी गर्दै जिल्ला शिक्षा कार्यालयमा लगाएका ताला खोलिएको उल्लेख गरेको छ । तालाबन्दी खोलिने जनाउदै महासंघका अध्यक्ष अमर वहादुर खड्का र केन्द्रिय सदस्य उद्धव न्यौपाने द्वारा हस्ताक्षर विज्ञप्तीमा यही चैत २३ गते दिउसो १ वजे कार्यालयले हाल सम्मको भएका गतिविधिहरु शिक्षक भेला गराई सार्वजानिक गर्ने , २५ गते महासंघको अगुवाईमा दरबन्दी मिलान मुर्हतरुप दिने र चैत मसान्त सम्ममा दरबन्दी मिलानको कार्यन्वयनका लागि ठोस निर्णय गर्नुपर्ने समेत माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।