प्रधानमन्त्रीको भ्रमणले भारतसितको सम्बन्ध सुदृढ हुन्छः मुख्यमन्त्री पोख्रेल



पाँच नम्बर प्रदेका मुख्यमन्त्री शंकर पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले छिमेकी देशहरुसँगको सम्बन्ध सुदृढ हुने र देशको दिगो विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छन्।

रिपोर्टर्स क्लव नेपाल दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार तथा सम्मान कार्यक्रममा बोल्दै पोख्रेलले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देश बीचको सम्बन्धमा थप सुधार हुने दाबी गरेका हुन्।
उनले भनेका छन् दुई देश बीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुनेछ, यस अघि छिमेकीसँग विवाद गर्ने कि लम्पसार पर्ने भन्ने वहस चल्थ्यो अब भने भारतबाट नेपालले धेरै लाभ लिनकोलागि सबै नयाँ शिराबाट सम्बन्ध अगाडि बढ्छ ।

पोख्रेलले विकासमा अब जनताको सहभागीता हुने गरी आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउने बताए।
स्थिर सरकार गठन भएको र मुलुकको अर्थतन्त्रलाई समृद्धिको दिशातर्फ लैजाने विश्वास समेत रहेको उनको धराणा छ ।

यसैबीच मुख्य मन्त्री पोख्रेललाई एन प्याव्सनले स्वागत तथा सम्मान गरेको छ ।

सो अवसरमा एन प्याव्सन प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डाँगी, केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा र दाङ जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्