मन्त्रीकै गाडी तोडफोड भएपछि ६ नम्बर प्रदेशका सांसदले गरे सुरक्षाको माग



सुर्खेत
६ नम्बर प्रदेशका अधिकांश संसदहरुले सुरक्षाको माग गरेका छन्।बुधबार कर्णाली प्रदेशका सांसदहरूले प्रदेशका मन्त्रीकै सुरक्षा नभएको भन्दै सुरक्षाको माग गरेका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले शैक्षिक गुणस्तरको माग गर्दै केहि दिन अघिदेखी आन्दोलन गर्दै आएका र विश्वविद्यालयका विद्यार्थीले स्ववियु उपसभापति आदित्यविक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधवार विहानै बाट विरोध प्रर्दशन गरेका थिए । सडकको बीच भागमा प्रदर्शन गरिरहेका विद्यार्थी आक्रोसित हुदैँ आउँदै गरेको भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको झण्डावाला गाडीमा तोडफोड गरेका हुन।
विद्यार्थीहरुले विश्वविद्यालयको गेट अगाडि गाडी तोडफोड गरेका हुन् । गाडीको अगाडि भागको सिसा चर्केको र झण्डा बाङ्गिएको छ । मन्त्रीको झण्डावाला गाडी भएपनि सांसद धर्मराज रेग्मी सवार रहेका थिए ।
सांसद रेग्मीले आफूमाथि सांघातिक आक्रमण भएको बताए । घटना लगत्तै आफुले प्रदेश प्रहरी कार्यालयमा खवर गरेको झण्डै आधा घण्टा सम्म नआएको उनको भनाई छ । ‘प्रदेश प्रहरी कसले चलाउँछ, कसरी चल्दैछ ?’ उनले भने, ‘मन्त्री र सांसदको सुरक्षामा त लापरबाही छ भने सर्वसाधारणको अवस्था झन के कस्तो होला ?’
अर्का सांसद अमरबहादुर थापाले प्रदेश सरकार सुरक्षाको क्षेत्रमा फितलो भएको भन्दै दिनदाहडै मन्त्री र सांसदमाथि आक्रमण हुनु दुखद भएको बताए । सरकारले पहिले आफुहरु सुरक्षीत हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, सांसद सीताकुमारी नेपालीले सांसद रेग्मीमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको बताइन् ।
संसदमा उठाएका सवालहरुलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले घटनामा संलग्न दोषिहरुको खोजी भइरहेको जानकारी दिँदै दोषिलाई कानून बमोजिम कारवाहिको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्