वातावरण प्रदूषण गर्ने पाँच उद्योग कारवाहीमा



काठमाडौँ, २१ चैत

वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई वातावरण विभागले कारवाही गरेको छ ।
उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४÷७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, र कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङलाई कार्वाहि गरेको जनाएको छ ।

यस्तै, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र श्री विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) लाई पनि कारवाही गरेको जानकारी दिएको छ ।

प्रदेशगत रूपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन भएको जानकारी विभागले दिएको छ ।

आव २०७२÷७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३÷७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्