८ गते देखी दाङमा मदिरा विक्रि वितरणमा नपाईने



जेष्ठ ६ , दाङ । यही आषाढ ८ गते देखी दाङमा मदिरा विक्रि वितरण गर्न नपाईने जिल्ला प्रसासन कार्यालय दाङले जनाएको छ ।

th (1)मंगलवार प्रमुख जिल्ला अधिकार संयोजकत्वमा सम्पन्न सुरक्षा समितिको वैठकले शुक्रवार ८ गते देखी मदिरा विक्रि वितरणमा रोक लगाईने निर्णय गरेको छ । आसन्न स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै जिल्लमा मदिराजन्य वस्तु विक्रि वितरणमा रोक लगाउन लागिएको जिल्ला सुरक्षा समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिएका छन । कुनै पनि सार्वजानिक स्थलवरीवरी , होटल ,रेष्टुरेन्ट लगाएतका आषाढ ८ गते देखी पुर्ण रुपमा मदिरा विक्रि वितरण गर्न नपाईने र यदी अटेर गरी विक्रि वितरण गरी कानुनी कार्वाही गरिने चेतावनी समेत दिए । आसन्न स्थानिय तहको निर्वाचन मिति नजिकिए संगै मदिरा सेवन गरी चुनावीप्रचार गतिविधि विथोल्ने जस्ता मर्यादित कार्यहरु हुने भन्दै मदिरा विक्रिवितरण पुर्ण रुपमा वन्धेज गरिन लागेको प्रमु्ख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्