दाङ,२२ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको नगर अधिबेशनलाई प्रदेश नंबर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्बोधन गर्नु भएको हो ।
त्यस अबशरमा मुख्यमन्त्री पोख्रेलले मुलुक नयाँ संरचनामा गएसंगै स्थानीय सरकार अधिकार सम्पन्न भएकाले प्रभाबकारी कानुन निर्माण गरि काम गर्नुपर्ने बताए । प्रभाबकारी कानुन बनाएर अगाडि बढेमा स्थानीय तहले छोटो समयमा समृद्धिको मार्गमा जाने बताए । मुख्यमन्त्री पोख्रेलले स्थानीय सरकारमा पनि पूर्ण रुपमा संबैधानिक अधिकारहरु आएको भन्दै प्रभाबकारी कानुन निर्माण गरी ब्यबस्थित पालिका बनाउन आग्रह गरे । ‘ सबै संबैधानिक अधिकार स्थानीय सरकारमा आईसकेका छन्’ उनले भने ‘ अब सरकार सञ्चालनका लागि प्रभाबकारी काुनन बनाउनु पर्छ ।’ कानुन बनाउँदा शिर्जनशिलता अपनाउन उपमहानगर प्रमुख,उपप्रमुखलगायत सम्पूर्ण जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
उनले स्थानीय सरकार भबिष्यका लागि वलियो प्रशासनीक केन्द्र बन्ने भन्दै उज्वल भबिष्यलाई ध्यानमा राखि नीति,नियम बनाएर काम गर्न निर्देशन दिए । सेवा केन्द्रको हिसावले वडा कार्यालय बलियो बन्ने भएकाले वडाले आफ्नो स्वामित्वमा ४ बिगाह क्षेत्रफल जमिन खोज्न निर्देशन समेत गरे । उनले वडा कर्याालयमा बिषयगत कार्यालयहरु स्थापन गर्नुपर्ने समेत बताए ।
त्यसका लागि आबश्यक पूर्बाधार तयार पार्न वडा कार्यालयहरुलाई आग्रह गरे । अहिले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने कुरा चर्चाको बिषय बनेको भन्दै स्मार्ट सिटी बनाउन जनप्रतिनिधहरु डटेर लाग्नु पर्ने बताए । ‘हामीले स्मार्ट सिटीको नारा लगाई रहदा अझै पनि पिउने पानिको अभाव, अस्तब्यस्त सडक, अब्यबस्थित बस्ती छ ’ उनले भने ‘ यस्तै धेरै कुराहरुको सुधारको महसुस नहुँदा सम्म स्मार्टसिटीको कल्पना गर्न सकिदैन् ।’
मूख्यमन्त्री पोख्रेलले आबश्यक पूर्बाधार नहुँदा प्रदेश सरकार सञ्चालनमा नै कठिनाई भएको बताए । जसले गर्दा स्थानीय सरकार सञ्चालनमा पनि समस्या पैदान गरेको उनको भनाई छ । ‘अहिले प्रदेश सरकार बसेको ठाउमा आबश्यक अनुसार पूर्बाधार छैनन’ उनले भने‘ जसले गर्दा सरकार सञ्चालनमा केही कठिनाई भएको छ ।
मुलुकले प्रदेश सरकारको नयाँ अभ्यास गरिरहेको भन्दै बिस्तारै सुधार भएर जाने उनले बताए । ‘ अहिले प्रदेश सरकारको अबस्था पहाडबाट बसाई सराई गरेर आएको परिवारको जस्तै छ’ उनले भने‘ यो क्रमिक रुपमा सुधार हुँदै जान्छ ।’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सभा भएको हो ।
((

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।