को को हुन सुविधा खोसिने यी भूपु विशिष्टहरु ?(सूचीसहित )



सरकारले नियम विपरित सवारी चालक र अंगरक्षक सुविधालिने पूर्व विशिष्ठहरु (पूर्व प्रधानन्यायाधीशदेखि मन्त्री र सांसद) समेतको सुविधा अबदेखी नदिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यी पूर्व विशिष्टहरुले सुविधा नपाउने भएका हुन् ।

सरकारको आदेश अनुसार प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा कार्यरत ७४ प्रहरीलाई फिर्ता बोलाएको छ।
उनीहरुलाई पूर्व प्रधानन्यायधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ सरकारी अधिकारी लगायतले वर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए। फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ चालक छन्।

यि हुन नियमविपरीत सवारी चालक र अंगरक्षक राख्ने पूर्व विशिष्टहरुः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्