काग्रेसको घरदैलो जारी



दाङ असार ६ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १०ले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । मतदान गर्ने मिति नजिकिदै गर्दा वडा नं १० मा क्रियासिल राजनैतिक दलहरुले आफ्ना चुनावी गतिबिधिलाई तिब्र बनाएको छ । नेपाली काँग्रेस वडा नं १० को चुनावी मैदानमा वडा अध्यक्षमा चित्र बहादुर डाँगी “निर्मल”,महिला सदस्यमा लक्षिमा लम्साल,दलित महिला सदस्यमा केसरी बि.क.,खुल्ला सदस्यहरु तर्फ जगत बहादुर थारु र मंगल चौधरी होमिनु भएको छ ।नेपाली काँग्रेसले एक चरणको घरदैलो कार्यक्रम लगभग सकिएको जनाएको छ । साविक त्रिपुर क्षेत्रका उत्तरअम्राई,झरबहिरा,दक्षिण अम्राई क्षेत्रहरुमा घरदैलो गरिएको काँग्रेसले जनाएको छ ।

nirmal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्