एमाले–माओवादी पार्टी एकता संयोजन समिति बैठक बस्दै



सैघाली खबर
काठमाडौं,२२चैत

एमाले–माओवादीले पार्टी एकताका विषयमा आज छलफल गर्दैछन् । पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउन आज एकता संयोजन समितिको बैठक बस्दैछ । कम्युनिष्ट पार्टी स्थापनाको ६९ औं वर्षगाँठको अवसर पारेर वैशाख ९ गते यी दुई पार्टीले एकता गर्ने अनौपचारिक समझदारी भइसकेको छ ।

कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरी एकताको थप तयारी र नमिलेका विषय मिलाउन एकता संयोजन समितिको बैठक बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठक बिहान ९ बजे बोलाइएको छ । संयोजन समिति बैठक बस्नुअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

बैठकले दुई पार्टीबीच नमिलेका विषय मिलाउने र एकता घोषणाको मिति र तयारी समिति बनाउने बताइएको छ । अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको चुनाव चिह्न, पार्टी संगठनमा प्रतिनिधित्वको संख्या लगायत विषय टुंगो लगाउन बाँकी छ । आजको संयोजन समिति बैठकमा यो विषयमा छलफल हुने र निष्कर्षमा पुगिने एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली भोलि तीनदिने राजकीय भ्रमणमा भारत जाने भएकाले त्यसअघि विषय टुङ्गो लगाउन खोजिएको नेताहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्