स्थानीय तहमा जनसंख्याको आधारमा कर्मचारी पठाउने



सैघाली खबर
काठमाडौं,२२चैत

सरकारले स्थानीय तहमा आवश्यक देखिएको ३७ हजार २ सय ५७ जना कर्मचारी जनसंख्याको आधारमा पठाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकभरका ७ सय ५३ वटा स्थानीय तहमा जनसंख्याका आधारमा कर्मचारी पठाउन लागिएको हो ।

जनसंख्याका आधारमा स्थानीय तहलाई ९ भागमा वर्गीकरण गरेर कर्मचारी पठाउन लागिएको मन्त्रालयले जनाएको छ । २५ हजारसम्म जनसंख्या रहेका ३ सय ३४ गाउँपालिकामा १० हजार २ सय १६ र २५ हजारभन्दा बढी जनसंख्या रहेका १ सय २६ गाउँपालिकामा ५ हजार ४४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा सचिवस्तरका कर्मचारी खटिने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्