मुख्य समाचार

चार गुणा उम्मेदवारी

By थाहा अनलाइन

June 21, 2017

असार ७

तीन प्रदेशमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा झन्डै ६२ हजार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो तथ्यांक अनुसार तीन सय ३४ स्थानीय तहमध्ये तीन सय पाँच स्थानीय तहमा ५७ हजार पाँच सयको उम्मेदवारी परेको छ बाँकी २९ स्थानीय तहमा परेको उम्मेदवारको तथ्यांक इन्टरनेटको समस्या तथा भौगोलिक जटिलताका कारण प्राप्त हुन नसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । यो खबर नयाँ युगबोध राष्ट्रिय दैनिकमा छापीएको छ।