सडक सफा गर्न मेयर – साप



सैघाली खबर
दाङ, २२ चैत्र । बिहान ७ बज्दै थियो सबैका हात– हातमा झाडु देखिन्थ्ये । एकै रङका कमीज लगाएका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी सहित एउटा भिड एका –एक घोराही स्थित तुलसीपुर चोकमा देखा प¥र्याे । निकै तामझाम सहित देखा परेको त्यो भिड जव सडकको फोहर मेयर चौधरीले टिप्न थाले अनी बल्ल सर्वसाधारणले समेत साथ दिदै गए ।

ग्रामीण महिला उत्थान केन्द्रले आयोजना गरेको सरसफाई अभियानको उद्घाटन गर्दै मेयर चौधरीले यो अभियानलाई निरन्तर रुपमा लैजान सबैलाई आग्रह गर्नुभयो ।अभियानलाई निरन्तर अगाडी बढाउँन सके जिल्लाको प्रतिष्ठा जोगिने बताउँदै वातावरण स्वस्थ भए सबैको जीवन सुन्दर रहने वताउँनुभयो ।

प्रत्येक व्यक्तिले आफ्नो आनीवानी परिर्वतन गर्नु पर्ने आबश्यकता रहेको वताउँदै घर अगाडीको फोहर आफै टिपेर फाल्ने सक्नु पर्ने वताउँनुभयो । त्यस अबसर बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीले बजारको फोहर व्यवस्थापन गर्नका अभियान संचालन गरेको वताउँनुभयो ।

सर्वसाधारणलाई फोहर व्यवस्थापन गर्न उत्प्रेरणा जगाउँने आफ्नो मुख्य उदेश्य भएको वताउँदै प्रत्येक महिना सरसफाई अभियान संचालन गर्ने वताउँनुभयो । टोलीले तुलसीपुर चोकबाट,दामोदर चोक, स्थानिय शान्ति समितिको मैदानको समेत सरसफाई गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्