सैघाली खबर
चैत २२ , झापा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखाबाट नक्कली सुनको गरगरहना धितो राखेर ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।
उनीहरुलाई नक्कली सुनको गरगरहना धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ लागेको छ ।
पक्राउ पर्नेमा मिना देवी खड्का, शम्भु खत्री, राम कुमार तामाङ्ग, राजकुमार श्रेष्ठ, गणेश प्रधान र प्रवेश अधिकारी रहेका छन् । खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएका छ ।
तामाङलाई अदालतले ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसकेपछि थुनामा गएका छन् भने श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारी ७०र७० हजार धरौटी बुझाएर छुटेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।