सैघाली खबर
काठमाडौं,२२चैत
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि आ—आफ्नो संगठन परिचालन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो । चाँडै पार्टी एकता हुने भएकाले शुभेच्छुक र भ्रातृ संगठन परिचालन गर्ने निर्णय भएको एमाले महासचिव समेत रहनु भएका रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा विभिन्न कार्यदलले बुझाएको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको छ । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले विधान मस्यौदा प्रतिवेदन बुझाएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।