वैशाख ९ मै पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डको भनाइ



सैघाली खबर
काठमाडौं,२२चैत

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाख ९ गते नै पार्टी एकता हुने समझदारी बनेको दाबी गर्नुभएको छ । काठमाण्डौमा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उहाँले वैशाख ९ गते अप्रील २२ तारिखका दिन पार्टी एकता गर्ने समझदारी बनेको दाबी गर्नुभएको हो । अहिले आन्तरिक तयारी भएको बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्किएपछि पार्टी एकता हुने उहाँको भनाइ छ ।

पार्टी एकतासँगै नेपाल नयाँ युगमा प्रवेश गर्ने बताउँदै उहाँले शान्ति र समृद्धिको दिशामा अघि बढेको शन्देस विश्व समुदायलाई दिईने बताउनुभयो । कार्यदलले बुझाएको प्रतिवेदनमा जनयुद्ध शब्द उल्लेख रहेको उहाँले बताउनुभयो । अब चुनाव चिन्ह र बाँकी विषयमा सहमती बनेपछि पार्टी एकता हुने माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्