तुलसीपुरका चौधरीको शव साउदीमा सड्यो , परिवार बिचल्लीमा



सैघाली खबर
दाङ,२३ चैत
तुलसीपुर उपमहानगरपालिका १८ निवासी प्रदिप चौधरीको तीन महिना अघि साउदीमा मृत्यु भयो । तर गत पुस २९ गते मृत्यु भएका उनको अहिले सम्म पनि शब ल्याउन सकिएको छैन् । जसले गर्दा परिवारमा झनै निराशा थपेको छ । उनकी श्रमती टीका चौधरीले आफ्नो श्रीमानको शव नेपाल ल्याईदिन सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।

 

२०७३ चैत्रमा साउदी गएका उनको काम गर्ने क्रममा मृत्यु भएको हो । घरको आर्थिक अबस्था कम्जोर भएपछि रोजगारको खोजी गर्दै साउदी गएका उनको मृत्यु भएपछि परिवारको पनि बिचल्ली भएको छ । ‘ घरको आर्थिक अवस्था कमजोर भएपछि बिदेश जानुभयो’ श्रीमती टीकाले दुखेसो पोखिन्‘ तर उहाँको नै मृत्यु भएपछि झनै बिचल्ली परेको छ ।’ अल समीट इन्टरनेशनल प्रालि अनामनगर काठमाण्डौ मार्फत विदेश गएका उनको शव ल्याउन पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदिएको उनले गुनासो ब्यक्त गरिन् । ‘उहाँको शब नेपाल ल्याईदिन माग गर्दै धेरै पटक मेनपावर धाए’ उनले भनिन्‘ तर अहिले सम्म पनि कुनै मेनपावरले कुनै चासो देखाएको छैन् ।’

 

मेनपावरले मृतकको नाम फरक परेकोले शव नेपाल ल्याउन ढिलाई भएको प्रतिक्रिया दिदै आएको चौधरीले बताईन् । श्रीमान बिदेश जाँदा लागेको ऋण तिर्न नसकिरहेको उनले बताईन् । अब नानीबाबुहरुलाई कसरी पढाउने, घरखर्च कसरी चलाउने, कसरी ऋण तिर्ने भन्ने पिरलो थपिएको उनले दुखेसो पोखिन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्