माओवादी केन्द्रको जिल्ला ब्यापी घरदैलो



दाङ, ७  असार । नेकपा माओवादी केन्द्रले दाङका सबै वडामा घरदैलो जारी राखेको जनाएको छ । यसैक्रममा घोराही उपमहानगरपालिकाले घोराही १८ को सुँगुरे र घोराही ७ को सौडियार गाउँमा चुनावीसभा गरेको छ । दुबै ठाउँका सभालाई मेयरका उम्मेदवार जीवन गौतम, उपमेयरका उम्मेदवार सिता चौधरी, केन्द्रीय सदस्य भीमकुमारी बाँठा, उपमहानगर अध्यक्ष विश्वराज आचार्य लगायतले बोल्नुभएको थियो ।

त्यस्तै माओवादी केन्द्र तुलसीपुरले वडा नम्बर ९ को चुलेसी, थकुडाँडा, वडा नम्बर ५ को रानीजरुवा, बसपार्क लगायतका स्थानमा घरदैलो गरेको जनाएको छ । मेयर उम्मेदवार शेषुराम भण्डारी, उपमेयरका उम्मेदवार सिता ओली, वडाअध्यक्षका उम्मेदवारहरु केशव ओली, प्रेम योगीसहित स्थानीय नेता कार्यकर्ताको घरदैलोमा सहभागिता रहेको थियो । त्यस्तै माओवादी केन्द्र बंगलाचुलीका अध्यक्ष उम्मेदवार भक्तबहादुर ओली र उपाध्यक्ष उम्मेदवार यमुना घर्ती मगर सहितको टोलीले वडा नम्बर ३ र ४ मा घरदैलो गरेको छ । त्यस्तै लमही नगरपालिका मेयरका उम्मेदवार द्रोपदा पौडेल र उपमेयरका उम्मेदवार कालुराम चौधरी सहितको टोलीले वडा नम्बर ४ र ५ मा घरदैलो गरेको छ । राप्ती गाउँपालिकामा अध्यक्षका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्षका उम्मेदवार भगवता अधिकारी सहितको टोलीले वडा नम्बर १ को भालुवाङ सहित वडा नम्बर ९ मा सांस्कृतिक सभा गरेको छ । गढवामा अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने र उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरीले विभिन्न संघसंस्थाका व्यक्तिसँग भेटघाट र केही ठाउँमा घरदैलो गर्नुभएको छ ।

maost center

त्यस्तै दंगीशरणमा अध्यक्षका उम्मेदवार हिरालाल चौधरी र उपाध्यक्षका उम्मेदवार सिता बस्नेतले विभिन्न संघसंस्थाका व्यक्तिहरुसँग छलफल गर्नुभएको छ । शान्तिनगरमा पनि घरदैलो जारी रहेको छ । अध्यक्षका उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्षका उम्मेदवार राधिका परियारले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र राजपुरले बेलामा घरदैलो गरेको छ । अध्यक्षका उम्मेदवार श्यामबहादुर झाँक्री र उपाध्यक्षका उम्मेदवार पुष्पा यादवसहित नेता कार्यकर्ताले यादव वस्तीमा घरदैलो गरेका हुन् । माओवादी केन्द्र बबइले मंगलवार साविक पञ्चकुलेमा घरदैलो गरेको छ । अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्री र उपाध्यक्षका उम्मेदवार उर्मिला ओलीसहितको टोलीले वडा नम्बर ६ र ७ मा घरदैलो गरेको माओवादी केन्द्र जिल्ला निर्वाचन परिचालन समिति दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्