सैघाली खबर
दाङ,२३ चैत
दाङमा वन मुद्धामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाको लमही नगरपालिका वडा नं.७ रनियार का २४ वर्षिय कान्तुराम चौधरी पक्राउ परेका हुन् ।
वन पैदावार ओसार पसार मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७२ साल बैशाख २७ गते ६ महिना कैद सजाय र २१ हजार ४ सय ५६ रुपैया जरिवाना सुनाएका चौधरी फरार रहेका थिए ।
उनले १४ दिन पुर्पक्षका क्रममा थुनामा बसी छुटेको र जरिवाना समेत दाखिला गरेको हुदा बाँकी ५ महिना १६ दिनको कैद भुत्तानको लागि अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।