एमालेसितको एकता बराबरीको आधारमा नभए मान्दैनौः शेर्पाइली



माओवादी केन्दञ्को भातृसंगठन योंग कम्युनिष्ट लिगका महासचिव सुवोधराज सेर्पालीले नेकपा एमाले संग हुने पार्टी एकता सम्मानजनक नभए वाइसीएलले अस्वीकार गर्ने बताएका छन ।

बुटवलमा जारी सो संगठनको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।

उनले ५०-५० कै बराबरीमा एकता हुनुपर्ने पक्षमा वाइसीएल रहेकोले आफुहरु बैचारिक राजनैतिक रुपमा समेत बहस र संघर्षमा रहेको धारणा राखे ।

वाइसीएल सधैं जनजिविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवालमा लडदै आएको हुनाले राष्ट्रियताको एजेन्डामा अबिचलित भइ अघि बढ्न महासचिव सेर्पालीले निर्देशन दिए ।

वाइसीएलको भुमिका बदलिएको भन्दै उनले जनताको सुख दुखको साथी बनेर जनताको बिचमा जानुपर्ने कुरामा केन्द्रीत जोड दिए । कार्यक्रममा वाइसीएल ५ नम्बर प्रदेशको कार्यक्रममा पुर्व वाइसीएल केन्द्रीय सचिब निर्मल जिसी, प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे पार्टी केन्द्रीय सचिवालय सदस्य बामदेब क्षेत्रीले संबोधन गरेका थिए।
५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बराल र माओवादी केन्दका ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले प्रशिक्षण मन्तब्य राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्