दाङमा २ हजार तीन सय ८२ जना स्थानिय निकायको चुनावमा भिड्दै



दाङ, असार ७ । १४ गते हुने  स्थानिय तहको निर्वाचनका दाङबाट दुई हजार तीन सय ८२ जना उम्मेदवार होमिन थालेका छन ।  जम्मा ५ सय २० सिटका लागि चुनावी  प्रतिसप्रधामा उत्रियका हुन । केही राजनितिक दलका प्रतिनिधिहरुले बागी उम्मेवारी  समेत दिएका छन् ।
घोराही उपमहानरपालिका
घोराही उपमहानगरपालिकामा आइतबार मेयर उपमेयरसहित ४ सय ५३ जनाले उम्मेदवारी दर्ता गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोराही उपमहानगरमा मेयरमा १३ र उपमेयरमा १२ जनाको उम्मेदवारी परेको जनाएको छ । जसमा मेयर र उपमेयरमा ३÷३ जनाको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेसको तर्फबाट भूपबहादुर डाँगी, नेकपा एमालेको तर्फबाट नरुलाल चौधरी, नेकपा माओवादी केन्द्रका जीवन गौतम र राप्रपाका भोलानाथ योगीले मेयर पदकालागि उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका रामबहादुर जीएम, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उर्मिला चौधरी, नेपाल परिवार दलबाट होमबहादुर सिजवाल, नयाँशक्ति पाटीबाट जगत बहादुर पुन, राष्ट्रिय जनमूक्ति पार्टीबाट खिमबहादुर नेपाली र स्वतन्त्रबाट सुशीला आचार्य, गुरुप्रसाद गौतम र द्रोणराज भण्डारीले मेयर पदमा उम्मेदवारी दिनुभएको हो ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसको तर्फबाट पुष्पा श्रेष्ठ, नेकपा एमालेबाट सिता सिग्देल न्यौपाने, नेकपा माओवादी केन्द्रबाट सिता शर्मा चौधरी, राप्रपाबाट प्याउली केसी, राजमोबाट कमला विश्वकर्मा, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बाट द्रोणबहादुर बस्नेत, नयाँशक्ति पार्र्टीबाट निर्मला विक, नेकपा मालेबाट लिला विश्वकर्मा र स्वतन्त्रबाट ठाकुर प्रसाद महरा, मञ्जु शर्मा र रमेशकुमार आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार चार ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले मात्रै मेयर, उपमेयर सहित घोराही उपमहानगरपालिकाका १९ वटै वडामा पुरै पदमा उम्मेदवारी दर्ता गराएका छन ।
तुलसिपुर उपमहानरपालिका
तुलसीपुर उपमहानगरपालिकामा ४ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन । जसमा प्रमुखका लागि नौ र उपप्रमुखका लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका हुन । जसअनुसार कांग्रेसबाट तुलसिपुर उपमहानरपालिका प्रमुखमा प्रमुख गेहेन्द्र गिरी र उपप्रमुख देबकी नेपाली रेग्मी, एमालेबाट प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्मा, माओवादी केन्द्रबाट प्रमुख शेषुराम भण्डारी र उपप्रमुख सिता ओली, राप्रपाबाट प्रमुख लालबहादुर केसी र उपप्रमुख लक्ष्मीसिंह राठौर, राजमोबाट प्रमुख शुक्रराज भण्डारी र उपप्रमुख कमला जिसी तथा मालेबाट प्रमुखमा शालिकराम चौधरीले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नयाँ शक्तिबाट प्रमुखमा जीवन भण्डारी र उपप्रमुखमा शान्ति रिजाल, स्वतन्त्रबाट प्रमुखमा (देजमु) बाट प्रमुखमा इश्वरीप्रसाद गैरे र स्वतन्त्र (राप्रपा राष्ट्रवादी )बाट प्रमुखमा हंशराज केसी तथा फोरम लोकतान्त्रिकबाट उपप्रमुखमा मीनाकुमारी छन्त्याल र राष्ट्रिय जनमुक्ति पार्टीबाट उपप्रमुखमा लीला पुनले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्ती जानकारी दिनुभयो ।
लमही नगरपालिका  
लमही नगरपालीकामा नेपाली काङग्रेसले मेयर पदमा जोगराज चौधरी, उपमेयरमा देवका वेलबासेको मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले लमही नगरपालीकाको मेयर पदमा कुल बहादुर केसी र उपमेयरमा मिना गुरुङ्गको उम्मेदवारी दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले लमही नगरपालीकाको मेयर पदमा द्रोपदी पौडेल र उपमेयरमा कालुराम चौधरीको मनोनयन दर्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले लमही नगरपालीकाको मेयर पदमा भेषराज चौधरी र उपमेयर पदमा हेमा चौधरीको मनोनयन दर्ता गराएको छ । राष्ट्रिय जनमोर्चाले लमही नगरपालीकाको मेयरमा कुलचन्द्र पोख्रेल र उपमेयरमा श्रीमती लोकी भुसालको मनोनयन दर्ता गराएको छ । नेकपा मालेले लमही नगरपालीकाको मेयर पदमा प्रेम प्रसाद पुलामीलाई मेयर पदमा मनोनयन दर्ता गराएको छ ।
राप्तीमा गाउँपालिका  
राप्तीमा गाउँपालिकामा काग्रेस तर्फवाट गाउँपालीका अध्यक्षमा नुमानन्द सुवेदी र उपाध्यक्षमा जगदम्वा चौधरीको मनोनयन दर्ता भएको छ । नेकपा एमालेको तर्फवाट अध्यक्षमा खिम बहादुर केसी र उपप्रमुखमा हिमाली न्यौपाने, नेकपा माओवादी केन्द्रले अध्यक्षमा श्यामेस चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारी, राष्ट्रिय जनमोर्चावाट अध्यक्षमा नरबहादुर केसी र उपाध्यक्षमा चमेली चौधरीको मनोनयन दर्ता भएको छ । नयाँ शक्ति र संघिय समाजवादी फोरम नेपालको संयुक्त गठवन्धनबाट अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भूमि गुरुङ्गको उम्मेदवारी दर्ता भएको छ ।
गढवा गाउँपालीका
गढवा गाउँपालीकामा काङग्रेसवाट अध्यक्षमा श्रीपत चौधरी र उपाध्यक्षमा सकुन्तला डिसी, एमालेबाट अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा शान्ति चौधरी, माओवादी केन्द्रबाट अध्यक्षमा लुमाकान्त न्यौपाने (सागर) र उपाध्यक्षमा रमा चौधरी, राष्ट्रिय जनमोर्चावाट अध्यक्षमा गुणनिधि शर्मा र उपाध्यक्षमा मिना रायमाझीको मनोनयन दर्ता भएको छ । लोकतान्त्रिक फोरमवाट अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सिता चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
राजपुर गाउँपालिका
राजपुर गाउँपलिकामा काङग्रेसवाट अध्यक्षमा लोकराज केसीले र उपाध्यक्षमा धनपती यादव, एमालेवाट अध्यक्ष कुलराज गिरी र उपाध्यक्ष सिता यादव, माओवादी केन्द्रबाट अध्यक्ष श्यामबहादुर झाक्री र उपाध्यक्ष पुष्पा यादवको उम्मेदवारी दर्ता भएको छ ।
बंगलाचुली गाउँपालिका dal
यस्तै बंगलाचुली गाउँ पालिकामा कांग्रेसबाट अध्यक्ष भोजराज पाण्डे र उपाध्यक्ष निर्मला खनाल, एमालेबाट अध्यक्ष गिरबहादुर कँवर मगर उपाध्यक्ष ताराकुमारी थापा, माओवादी केन्द्रबाट अध्यक्ष भक्तबहादुर ओली र उपाध्यक्ष यमुना घर्ती मगरले उम्मेदवारी दिनुभएको छ । त्यस्तै राप्रपाबाट अध्यक्ष लुमाकान्त कँवर मगर र उपाध्यक्ष समिताकुमारी घर्ती  मगर, राजमोबाट अध्यक्ष भीमबहादुर खत्री र नयाँ शक्तिबाट अध्यक्षमा गीताकुमारी पुनले उम्मेदवारी दिनुभएको छ ।
शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष कमानसिंह डाँगी र उपाध्यक्ष मिथिला शाह, एमालेबाट अध्यक्ष बिष्णुबहादुर केसी र उपाध्यक्ष खिमाकुमारी पाण्डे, माओवादी केन्द्रबाट अध्यक्ष नेवबहादुर रोका र उपाध्यक्ष राधिका परियार, राप्रपाबाट अध्यक्ष तम्मन केसी र उपाध्यक्ष सम्झना डाँगी, राजमोबाट अध्यक्ष प्रेमकुमारी बिक, नयाँ शक्तिबाट अध्यक्ष रुद्रबहादुर केसी र उपाध्यक्ष खिमा ओली, फोरम लोकतान्त्रिकबाट अध्यक्ष सुनिल बिक र राष्ट्रिय जनुमुक्ति पार्टीबाट अध्यक्षमा धनराज विश्वकर्माले उम्मेदवारी दिएको निर्वाचन अधिृकत कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।
बबइ गाउँपालिका
त्यसैगरी बबइ गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री क्षेत्री र उपाध्यक्षमा देवकुमारी बस्नेत, एमालेबाट अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्री बिक, माओवादी केन्द्रबाट अध्यक्ष सुशील खड्का क्षेत्री र उपाध्यक्ष उर्मिला ओली, राप्रपाबाट अध्यक्ष बलभद्र ओली क्षेत्री र उपाध्यक्ष कलवती खत्री ओली, राजमोबाट अध्यक्ष दयाराम गौतम र उपाध्यक्ष टनि कामी र नयाँ शक्तिबाट अध्यक्ष लोकेन्द्रकुमार सुनारले उम्मेदवारी दिएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी दिनुभयो ।
दंगीशरण गाउँपालिका  
दंगीशरण गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष यज्ञनारायण आचार्य र उपाध्यक्ष पिमा खड्का, एमालेबाट अध्यक्ष भागीराम चौधरी र उपाध्यक्ष सिमा न्यौपाने, माओवादी केन्द्रबाट अध्यक्ष हिरालाल चौधरी र उपाध्यक्ष सिता बस्नेत, राप्रपाबाट अध्यक्ष धर्मराज पुरी, फोरम लोकतान्त्रिकबाट अध्यक्ष झरेन्द्रबहादुर खत्री र उपाध्यक्ष सुनिता चौधरी, राजमोबाट अध्यक्ष पदमबहादुर ओली, जनजागर  पार्टीबाट अध्यक्ष भीमबहादुर दमाइ र उपाध्यक्ष कमला बिक तथा स्वतन्त्रबाट अध्यक्षमा युगराज पुरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

वडा अध्यक्षमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता
घोराही उपमहानरपालिकाका वडा अध्यक्षमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । घोराही उपमहानगरपालिकाको वडा नम्वर ८ मा निमबहादुर खड्का, ९ मा जीतेन्द्र शाह, १३ मा धनबहादुर वुढा र १६ मा रामजी थारु र प्रेम प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै वडा नं २ को महिला सदस्यमा देवकली विष्ट र ३ मा सुन्दरलाल चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले घोराहीमा कुल १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्