मेयर पाण्डेले वुझाए मु्ख्यमन्त्रीलाई उपमहानगरका योजना



 

दिपक बोहरा,
तुलसीपुर,२३ चैत्र ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रदेश सरकारसँग माग गरिएका योजनाहरु मुख्यमन्त्रीलाई वुझाएका छन् । ५ नम्वर प्रदेश प्रमुखको कार्यालय वुटवलमा पुगेर पाण्डेले मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदेश सरकारसँग माग गरिएको योजना वुझाएको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । माग पत्र वुझ्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले तुलसीपुर उपमहानगरको विकासका लागि पहल गर्ने वताए ।

‘अवको विकास भनेको दीर्घकालिन रुपमा हुनुपर्दछ त्यसका लागि प्रशस्त स्पेश हुनुपर्दछ, तपाईहरुले जग्गाको पनि तयारी गर्नुहोस् ’ मुख्यमन्त्री पोख्रेलले माग पत्र वुझ्दै भने । योजनाको मागपत्र वुझाएपछि नगरप्रमुख पाण्डेले प्रदेश स्तरमा प्रस्तुत गरेका योजनाहरुको कार्यान्वयनका लागि मुख्यमन्त्री सकारात्मक भएको वताए ।

उनले तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माण, रेलसेवा सञ्चालनको पूर्वाधार तयारी र वृहत सडक सञ्जालका कुराहरुलाई मागपत्रमा समावेश गरेको वताए । ‘स्थानीय तहको स्रोतबाट पुरा हुन नसक्ने वृहत खालका योजनाहरुलाई माग पत्रमा समावेश गरिएको छ ’ पाण्डेले वताए ।

योजनाको मागपत्रका तुलसीपुर विमानस्थलको विस्तार, हवाइ इन्धन डिपो स्थापना, प्राविधिक विश्वविद्यालय स्थापना, लुम्बिनी तुलसीपुर रारा पर्यटन मार्ग निर्माण अमिलिया तुलसीपुर सल्यान राप्ती राजमार्ग, रुपइडिहा कोहलपुर तुलसीपुर स्वर्गद्धारी धार्मिक पर्यटन रेल मार्ग लगायतका योजना रहेका छन् । सो अवसरमा प्रवक्ता श्याम डाँगी र कार्यपालिका सदस्य देवराज विकको समेत सहभागिता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाको चैत्र २१ गते वसेको दोस्रो नगरसभा वैठकले प्रदेश तथा केन्द्रस्तरमा वुझाउने योजनाको अनुमोदन गरेको थियो । नगरप्रमुख पाण्डेले केन्द्र स्तरका योजना सभामुख कृष्णवहादुर महरालाई वुझाउने कार्यक्रम रहेको पनि प्रेस सँयोजक आचार्यले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्