४० लाख रुपैयाँसहित दुईजना पक्राउ



सैघाली खबर
रुपन्देही, चैत २३।

रुपन्देहीमा ४० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । श्रोत नखुलेको ४० लाख रुपैयाँसहित रुपन्देही प्रहरीले सिद्धार्थनगरका धनबन्तकुमार अग्रवाल र दिपककुमार मल्लिकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नेपाल भारत सिमा क्षेत्र बेलहियाबाट लु २२ प ३८७१ नम्बरको स्कुटीमा भैरहवा आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो । मल्लिकले चलाएको स्कुटी भित्र ४० लाख ३८ हजार रुपैयाँ र एसबीआई बैङकको ३० हजारको चेक प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मल्लिक र अग्रवाललाई प्रहरीले पैसासहित सम्पती सुद्धिकरण अनुसन्धान विभागमा पठाएको रुपन्देहीका प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्