भुस्याहा कुकुरको बन्ध्याकरण शुरु 



 

सैघाली खबर 

दाङ , २३ चैत ।  घोराही उपमहानगरपालिका वडा नंं. १४ ले भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान शुरु गरेको छ । भुस्याहा कुकुरको सख्ंया नियन्त्रणका लागि उक्त अभियान शुरु गरिएको हो । 

भुस्याहा कुकुर बढ्दो बिगबिगीले सर्वसाधरण पैदलयात्रीहरु त्रास,  सवारी दुर्घटना र शहरको सुन्दरता कुरुप बन्दै गईरहेकाले  कुकुर बन्ध्याकरण शुरु गरिएको हो ।  घोराही उपमहानगरपालिका वडा नं. १४ को आर्थिक सहयोग एवं भुस्याहा कुकुर बन्ध्याकरण तथा संख्या नियन्त्रण समितिका आयोजनामा अभियान शुरु  भएको संयोजक अनिलराज शेरपाईलीले बताउनुभयो ।

उक्त अभियानकाा क्रममा  भुस्याहा कुकुर , घरपालुवा कुकुर सवैलाई बन्ध्याकरण  सेवा दिने संयोजक शेरपाईलीले बताउनुभयो । जसले कुकुर सएख्या नियन्त्रणमा विशेष महत्व पु¥याउने भएकाले बजारवासी सवैमा अभियानलाई सफल बनाउने आ–आफ्ना घर , टोलछिमेकमा भएका कुुकुरहरु बन्धायकरण गरी सहयोग गरिने उहाँले आग्रह गर्नुभयो ।  बन्ध्याकरणका लागि आवश्यक पर्ने  औषधी उपचार निशुल्क हुने  जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्