सुरक्षा भत्ताले असुरक्षित जेष्ठ नागरीक



देविराम कुसारि
दाङ , चैत २३ । सरकारले दिने सामाजिक सुरक्षाभत्ताले आफूहरु असुरक्षीत हुने गरेको जेष्ट नागरीकले गुनासो छ । साविकका गाविस वाट वितरण गरीने सामाजिक सुरक्षा भत्ता वैंकीङ प्रणालि वाट दिने भएपछि आफुहरुले हैरानी खेप्नुपरेको उनीहरुले वताएका छन् ।

घर आगनमा बुझ्ने गरेको भत्ता वैंक वाट दिने नाममा सरकारले आफुहरुलाई दुख दिएको दंगिशरण २ का शालिकराम भण्डारीले आरोप लगाउनु भयो । वैंक प्रणालि वाट भत्ता वितरणका लागी फाराम भर्न वडा कार्यालयमा आएका सतप्रतिसत जेष्ठ नागरिकले सरकारको यो कदमले आफुहरुलाई दुख दिएको वताएका छन् । खाता खोल्ने प्रकृया आफुले पूरा गर्न नसक्ने भएका कारण सामाजिक सुरक्षा भत्त नबुझ्ने जेष्टनागरिक भण्डारीले वताउनुभयो ।

खाता सञ्चालनका लागि आवश्यक पर्ने काजात जुटाउन नै समस्या भएको छ । कैयन जेष्ट नागरिकले फोटा र फोटाकपि भनेकै थाहा नपाउने भएको कारण पनि वैंककालागि खाता सञ्चालन गर्न समस्या भएको वडा कार्यालयले वताएको छ । खाता खोल्न आएका जेष्ट नागरिक विरामी समेत भएका छन् । बढि भिड र गर्मिका कारण जब्बर कुसारी फारम भर्दै गर्दा चक्राएर विरामी हुनुभयो । बृद्धअवस्था विरामी लगाएतका कारणले कैयन जेष्ट नागरिक फारम भर्न समेत आउन नसकेका छैनन् ।

खाताका लागि वडा कार्यालयमा आएका अशक्त विरामी जेष्ट नागरिकले यसरी भत्ता दिनु भन्दा भत्ता नदिएकै राम्रो हुने दुखेसो पोखेका छन् । तीन घण्टा लागाएर वडा कार्यालयमा आएकि कुक्रि चौधरीले आफु हेकुलि भत्ता लिन जाननसक्ने वताउनु भयो । पहिला घर नजिकै वाट बुझ्ने भत्ता किन टाढा पठाउनुभयो भनेर चाधरीले प्रति प्रश्न गर्नुभयो ।

यसरी भत्ता वितरण अव्यवहारिक भएको व्यापक जनगुनासो आएको प्रति गाउँ पालिकासंग छलफल चलेको सरल वनाउने प्रयास गरिरहेको वडा अध्यक्ष तुलसिराम देवकोटाले जानकारि दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्