सैघाली खबर
दाङ,२३ चैत
गर्मिमौसम सुरु भए संगै तुलसीपुरका केही स्थानमा खानेपानीको समस्या हुन थालेका छन् । तुलसीपुर १० स्थित गौरीनगर टोलमा गर्मीयाम शुरु भएसंगै पानीको कुवा सुक्न थालेपछि पिउनेपानीको अभाव देखीएको हो ।
उक्त गाउँमा पानीको धारा नहुदा सधै कुवाको पानी प्रयोग गदै आएका छन् । प्राय कृषि पेशा गर्ने किसानहरु भएकाले पशुचौपायलाई पानी खुवाउन समेत समस्या हुने गरेको स्थानीय लोकराज डाँगीले बताए ।
यस्तै पिउने पानी तथा नुहाउनका लागी समस्या हुने गरेको उनको भनाई छ । आफुहरुले ठुला लगानी लगाएर कुवा खनेपनि गर्मियाममा सधै समस्या भोग्नु परेको स्थानीय मीना वलीले वताईन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।