काठमाडौं, २०७४ चैत २३, शुक्रबार । चर्चित गायक गायक राजेश ‘पायल’ राई सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको हो ।गायक राजेश पायल राई चढेको गाडीलाई अर्को गाडिले ठक्कर दिदा दुर्घटना भएको जानकारी प्राप्त भएको छ । विशाल चौतारीसागको फोन सम्पर्कमा गायक राईले आफू दुर्घटनामा परेपनि आफू सेफ रहेको बताए । गायक राजेश पायलले बताए उनका टाउकोमा चोट लागेको छ । अहिले आफू कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राईले भोलि मात्र कार्यक्रममा सहभागी हुने बताए ।
साथै राजेश पायलले बताए अनुसार गाडिमा सवार आयोजक खुमा गौतम अस्पतालमा भएको पनि बताए । उनको हाल जिल्ला अस्पताल तामघासमा उपचार भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।