आजदेखि निर्वाचन आचार संहितामा अनुगमन गरिंदै ।।



असार ७, दाङnepal-election-commission-

 

 
दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारहरुले आजदेखि चुनाव प्रचारको आधिकारिक समय पाएका छन् । हिजो उम्मेदवारहरुले चुनाव चिह्न पाएका छन् । संसद भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र चिह्न पाएका हुन् । उम्मेदवारले आजदेखि अब प्रचारप्रसारका लागि जम्मा पाँच दिन पाएका छन् । निर्वाचन मितिभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ । त्यस बेला दल वा उम्मेदवार प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । आयोगले प्रचारप्रसार, जुलुस, आमसभा, र्याली, सवारीसाधन प्रयोग, पोस्टर, पम्प्लेट, झन्डा, निर्वाचन खर्च सबैको मापदण्ड तोकेको छ । आजदेखि निर्वाचन आचार संहिताको पनि आयोगले अनुगन गर्ने भएको छ । तोकिएको मापदण्ड अनुसार खर्च भए वा नभएका विषयमा पनि आयोगले अनुगमन गर्नेछ । आचारसंहिताले प्रचार खर्चमा पनि सीमा तोकिदिएको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारले अधिकतम ७ लाख ५० हजार, अन्यले ३ लाख रुपैयाँसम्म चुनावी प्रयोजनमा खर्च गर्न पाउँछन् । अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्ष र सदस्यले १ लाख ५० हजारसम्म खर्चन पाउने आचार संहितामा व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्