रुषी राष्ट्रपति निकटहरुलाई अमेरिकाले किन लगायो प्रतिवन्ध ?



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट १७ जना अधिकारीहरु र ७ वरिष्ठ रसियन व्यक्तिहरुलाई अमेरिकाले प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यतिमात्र होइन अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।

उसले रुसी राष्ट्रपति पुटिका बडिगार्ड, उनका ज्वाइँ, राष्ट्रपतिका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका केही कम्पनीहरुलाई प्रतिवन्ध लगाएको बीबीसीले जनाएको छ । यी सबैमा ‘पूरा विश्वभर हानिकारक गतिविधि गरेको’ आरोप लगाइएको छ । तर ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले अमेरिकाले रुषलाई यी विषयमा प्रतिबन्ध लगाएपनि उसँग आफ्नो सम्बन्ध तोडेको भने होइन भनेकी छिन् ।

उनले भनकी छिन्, ‘आज जुन प्रतिबन्ध लगाएर प्रशासनिक कदम चालिएको छ, त्यसमा संसदको स्वीकृतिलाई पनि ध्यान दिइएको छ । हामीले रुसी सरकारसँग सकारात्मक सम्बन्ध चाहान्छौं तर यो तब हुन्छ जब उसको पनि व्यवहार प्ररिवर्तन हुन्छ ।’
रुसको जवाफ
अमेरिले आफूमाथी लगाएको प्रतिबन्धको जवाफमा रुसले पनि कडा कदम चाल्ने धम्की दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्रकारका दबावको सामू रुस नझुक्ने स्पष्ट पारेको छ । विदेश मन्त्रालयले अमेरिकाको उक्त कदमलाई मुर्खतापूर्ण भन्दै यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध नराम्रो हुने चेतावनी छ ।
बीबीसी सम्वाददाता बारबरा प्लेट उशरका अनुसार अमेरिकाले रुसी राष्ट्रपति पुटिनविरुद्ध हालसम्मकै सबैभन्दा आक्रामक कदम उठाएको छ । अमेरिकाले जुन व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको छ त्यसमा सुलेमान करीमोवका नाम पनि छ । यी रुसका सबैभन्दा धनाड्य र ठूला सुन उत्पादक हुन् ।

गत महिना पनि अमेरिकाले १९ रुसी नागरिकलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र ब्रिटेनबीच जारी राजनीतिक गतिरोधमा अमेरिकाले ब्रिटेनको साथ दिँदै रुसी कुटनीतिज्ञहरुलाई पनि निस्कासित गरिदिएको छ । शक्ति सम्पन्न रुष र अमेरिकाबीच बढ्दै गएको यो तनाबका कारण विश्व नै दुई भागमा बाँडिने सम्भावनालाई नकार्न सकिन्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्