सैघाली खबर
चितवन ,२४ चैत
भरतपुरमा शुक्रबार राति बसको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय शंकर आले रहेको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका–१ रामनगरमा नारायणगढबाट बाग्लुङ जाँदै गरेको ना ५ ख २५५५ नम्बर बसले ठक्कर दिँदा आलेको घटनस्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए। दुर्घटना राति पौने ८बजे भएको थियो। ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।