पुरुष फुटबल प्रतियोगिता आजदेखि सुरु



सैघाली खबर
दाङ ,२४ चैत
दाङमा १८ वर्ष मुनिका पुरुष फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।यूएनबिसीको आयोजनामा जिल्लाको घोराहीमा फुटबल प्रतियोगिता हुन लागेको हो ।

 

जिल्लाका विभिन्न दस ओटा क्लबको सहभागिता रहेको प्रतियोगिता घोराहीको भरतपुर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।आयोजक यूएनबिसीले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको बारेमा जानकारी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका महासचिव नरेन्द्र पुनले जिल्लाको खेल क्षेत्रको विकासका लागी प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार खेल चैत २४ गते देखि ३० गते सम्म हुने प्रतियोगितको प्रथम हुने टिमलाई नगद २० हजार र मेडल,ट्रफी ,प्रमाण पत्र र द्दितिय हुने टिमलाई नगद ८ हजार ,मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

आज दिउँस ३ बजे खेलको उदघाटन कार्यक्रम रहेको आयोजकले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्