प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच दुई चरणमा वार्ता हुने



सैघाली खबर
काठमाडौं ,२४ चैत

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज दुई चरणमा वार्ता हुने भएको छ । हैदराबाद हाउसमा बिहान साढे ११ मा दुई चरणको वार्ता हुने भएको हो । पहिलो चरणको वार्तापछि प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ ।

पहिलो चरणको वार्तामा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, कार्यबाहक राजदूत भरतकुमार रेग्मी, नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी लगायत रहनुहुनेछ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी रहनेछन् । उपराष्ट्रपति बैंकया नायडुसँगको भेटमा नौजना, गार्ड अफ अनर कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्यसहित १५ जना सहभागी हुने जनाइएको छ ।भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा दिने दिवाभोजमा प्रधानमन्त्री दम्पतीसहित २६ जना सहभागी हुने भएका छन् ।

दुबै भेटमा महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको विस्तृत प्रतिवेदन टुंग्याउन नेपालले आग्रह गर्ने भएको छ । प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीमा सहजीकरण गर्न आग्रह गर्ने र जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट ‘एयर इन्ट्री’ अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा थप विराटनगरबाट पनि जहाज आउन पाउनुपर्ने धारणा नेपालले राख्नेछ ।

इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने र नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि पनि नेपालले प्रस्ताव गर्ने भएको छ । अरुण तेस्रोको सिलान्यास हुने अवस्थामा माथिल्लो कर्णाली जलविद्यूत आयोजना शीघ्र कार्यान्वयनका लागि जीएमआरसँग सहजीकरण गर्न पनि नेपालले आग्रह गर्ने जनाइएको छ । ४० सदस्यीय नेपाली टोलीको नेतृत्वगर्दै दिल्ली जानु भएका प्रधानमन्त्री ओलीले हिजो साँझ पनि प्रधानमन्त्री मोदीसँग भेट गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्