त्रिभुवन राजपथको बाटो रोकियो, नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ।।



असार ७

buss

त्रिभुवन राजपथको बागझोरामा बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ । हेटौँडाबाट दामन तथा पालुङ तर्फको यातायात सेवा पनि रोकिएको छ । बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चारकिलोमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलेको छ । ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा भनेर बिहान दुई बजे ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो हटाएपछि बिहान सातबजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरले बाटो खुलाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्