सरकारले २ वर्षमै सबै बालबालिकालाई विद्यालय पु¥याउने



सैघाली खबर
काठमाडौं ,२४ चैत

सरकारले अबको २ वर्र्षमा विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने गरी रणनीति बनाउने भएको छ । सबै बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्दै विद्यालयको पहुँचमा ल्याउने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले दावी गर्नुभयो ।

अहिले देशमा ८८ हजारको हाराहारीमा बालबालिकाहरु विद्यालयको पहुँचबाट बाहिर रहेका छन् । नयाँ शैक्षिक सत्रदेखि नै सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउने योजना तर्जुमा पनि भइसकेको महानिर्देशक पौडेलले सीआईएनसँग बताउनुभयो ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अझै पनि प्रदेश नं २ का २ लाख बालबालिका विद्यालय जानबाट बञ्चित छन् । विद्यालयहरुमा अपाङगता भएका बालबलिकाको लागि अपाङगमैत्री वातावरण नहुदाँ उनीहरु विद्यालय जानबाट बञ्चित भएका हुन् । साथै भौगोलिक विकटता, गरिबीका कारणले पनि बालबालिकाहरु विद्याललय जान पाएका छैनन् । नयाँ शैक्षिक सत्र २०७५ देखि ७७ सम्ममा विद्यालयमा भर्ना गराइसक्ने लक्ष्य राखेको पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्