काठमाण्डौमा मन्त्रीको घरमा चोरी



प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको बौद्ध महाँकालस्थित घरमा चोर पसेको छ । शुक्रबार दिउँसो ढोका ताला फोडेर चोरी भएको हो ।

दिउँसो घरमा कोही नभएको मौका छोपेर पसेका चोरले गरगहना सहित लत्ता कपडा पनि लगेको घटनाको अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले जानकारी दिए ।

चोरीको घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रनि पण्डितले बताएका ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्