भारतले प्रदान गर्यो प्रम ओलीलाई “गार्डअफ रनर”



प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले राष्ट्रपति भवनमा गार्डअफ अनर प्रदान गरेको छ।
गार्ड अफ अनर समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदी लगायत भारतीय मन्त्रीहरू सहभागी थिए।
गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुबै देशको बीचको मित्रता महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

‘समय बदलिरहेको छ, नेपाली जनताको चाहना अनुसार हामी विकास गरिरहेका छौं, म यो कुरा भारतीय सरकार र जनतासँग बाँड्न आएको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देश र दुई देशका जनताबीचको सम्बन्ध अझ मजबुद् बनाउन पनि म यहाँ आएको हुँ।’

उनले नेपालभारत सम्बन्ध ऐतिहासिक भएको यो भविष्य केन्द्रीत भएको पनि उल्लेख गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्